काठमाडौं । रवि लामिछाने सहित सहकारी ठगी प्रकरणमा मुछिएका प्रतिवादीविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा कास्की जिल्ला अदालत ले खारेज गरेको छ ।
न्यायाधीश हिमलाल बेल्बासे को एकल इजलासले सहकारी ठगीतर्फको अभियोग भने कायम रहने निर्णय गर्दै अन्य दुई अभियोग दाबी संशोधन गरेको हो ।
अदालतको आदेशमा सहकारी बचतकर्ताले दिएको जाहेरीमा प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी माग स्पष्ट रूपमा नरहेको उल्लेख गरिएको छ । आदेशअनुसार संशोधनपछि पनि सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहनेछ ।
अदालतले मुद्दा संशोधन नगर्दा मिलापत्रको सम्भावना जटिल बन्ने र बचतकर्ताले बिगो रकम फिर्ता पाउने प्रक्रिया थप कठिन हुन सक्ने व्याख्या पनि गरेको छ ।