Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

नवरात्रको छैटौँ दिन : आज कात्यायनी देवीको पूजा आराधना गरिँदै


सारांश

नवरात्रको छैटौँ दिन : आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
images

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ । पौराणिक मान्यताअनुसार देवताहरूको कार्य सिद्ध गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा प्रकट भएकी थिइन् ।

देवीको बालसुलभ सौन्दर्यबाट प्रभावित कात्यायन ऋषिले उनलाई पुत्रीका रूपमा स्वीकार गरेको कथन विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ । कात्यायन ऋषिकी पुत्रीका रूपमा रहेकाले उनको नाम कात्यायनी रहन गएको धार्मिक विश्वास छ ।

पौराणिक ग्रन्थहरूमा कात्यायनी देवीको स्वरूपलाई विभिन्न विशेषतासहित वर्णन गरिएको छ । उनलाई दानवको संहार गर्ने शक्तिशाली देवीका रूपमा चित्रण गरिएको छ । उनका हातमा खड्गलगायतका अस्त्र रहने र विभिन्न प्रतीकात्मक विशेषताले सजिएको स्वरूपको पूजा गरिन्छ ।

नवरात्रका नौ दिनमा नवदुर्गाका फरकफरक स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुसार आज कात्यायनी देवीको विशेष पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार देवीको आराधनाले शक्ति, साहस र सकारात्मक ऊर्जा प्राप्त हुने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij