Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नवरात्रको दोस्रो दिन आज : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै


सारांश

नवरात्रको दोस्रो दिन आज : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
images

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

दसैँ घर तथा पूजा कोठामा स्थापना गरिएको घटमा आज ब्रह्मचारिणी देवीको आह्वान गरी धार्मिक विधिअनुसार पूजा गरिन्छ। नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राख्नुका साथै नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार यस अवधिमा दुर्गा भवानीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ।

संसारका समस्त प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने देवीका रूपमा ब्रह्मचारिणीलाई लिइन्छ। त्यसैले नवरात्रको दोस्रो दिन उनको पूजा आराधना गर्ने विशेष धार्मिक महत्त्व रहेको छ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म गरिएको पूजाको प्रसादस्वरूप विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने परम्परा छ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij