Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका हाइलाइट्स


सारांश

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका हाइलाइट्स
images
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा कर्मचारीको तलब वृद्धि, कर प्रणालीमा सुधार, ऊर्जा क्षेत्रको पुनर्संरचना तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने व्यवस्था समेटिएका छन्।

🔹 कर्मचारीको तलब वृद्धि – निजामती कर्मचारीको तलब १० प्रतिशत बढाइने, अधिकतम तलब १ लाख रुपैयाँभन्दा माथि पुग्ने।

🔹 राजनीतिक दललाई सरकारी अनुदान – निर्वाचनमा प्राप्त मतका आधारमा अनुदान दिने विषयमा राजनीतिक बहस सुरु गरिने।

🔹 आयकर छुट सीमा १० लाख – व्यक्तिगत आयकर छुट सीमा ५ लाखबाट १० लाख रुपैयाँ पुर्‍याइयो, उच्च करदर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारियो।

🔹 चुरोट र मदिरामा कर वृद्धि – अन्तःशुल्क १० प्रतिशत बढाइने।

🔹 निजी क्षेत्रलाई विद्युत व्यापार खुला – निजी कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने।

🔹 नेपाल वायुसेवा निगममा सुधार – निगमलाई कम्पनी मोडलमा रूपान्तरण गरी व्यवस्थापन सुधार गरिने।

🔹 डिजिटल भुक्तानीमा भ्याट छुट – डिजिटल माध्यमबाट खरिद गर्दा भ्याटमा १० प्रतिशत छुट दिने व्यवस्था।

🔹 ६ कूटनीतिक नियोग खारेज – ब्राजिल, डेनमार्क, दक्षिण अफ्रिकासहित ६ नियोग बन्द गरिने।

🔹 निष्क्रिय बैंक खाताको रकम उपयोग – लामो समयदेखि दाबी नभएका रकम कानुनी प्रक्रिया पूरा गरी राज्यकोषमा ल्याइने।

🔹 ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट – मासिक ५० युनिटभन्दा बढी विद्युत प्रयोगमा भ्याट लाग्ने।

🔹 सिनेमा हललाई १० वर्ष कर छुट – महानगर र उपमहानगरबाहेक नयाँ सिनेमा हल खोल्नेलाई १० वर्षसम्म आयकर छुट।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij