Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कालो चस्मा लगाएका समूहले राज्य संयन्त्र कब्जा गर्न खोजेको कांग्रेस सांसदको आरोप


सारांश

कालो चस्मा लगाएका समूहले राज्य संयन्त्र कब्जा गर्न खोजेको कांग्रेस सांसदको आरोप
images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री कार्यालयमार्फत संवैधानिक निकायमाथि दबाब सिर्जना गरिएको आरोप लगाउँदै सरकारको कडा आलोचना गरेको छ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा घण्टौँ राखेर निर्णय गराउन खोजिएको आरोप लगाउँदै यसलाई संवैधानिक संस्थाको स्वतन्त्रतामाथिको हस्तक्षेप भने।

उनले अख्तियार कुनै सरकारी विभाग वा सतर्कता केन्द्र नभई सरकारमाथि निगरानी राख्ने संवैधानिक अंग भएको उल्लेख गर्दै त्यसलाई दबाबमा पार्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताए।

बुढाले प्रधानमन्त्री कार्यालयभित्र संविधान र कानुनभन्दा बाहिर रहेर प्रभाव जमाउने ‘नयाँ गिरोह’ सक्रिय रहेको दाबी गर्दै कालो चस्मा लगाएर राज्यका संयन्त्र कब्जा गर्न खोजिएको आरोप लगाए। उनले सरकारमा मन्त्रीहरूले निर्णय गरिरहेका छन् वा पर्दा पछाडि बसेका अन्य व्यक्तिहरूले शासन सञ्चालन गरिरहेका छन् भन्ने गम्भीर प्रश्नसमेत उठाए।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij