Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्राविधिक कारणले रोकिएको रास्वपा बन्दसत्र आज हुँदै


सारांश

प्राविधिक कारणले रोकिएको रास्वपा बन्दसत्र आज हुँदै
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत सोमबार सुरु हुने भनिएको बन्दसत्र आज सञ्चालन हुँदैछ । प्राविधिक कारणले एक दिन ढिलाइ भएपछि प्रतिनिधि परिचयपत्र वितरण र अन्य तयारी पूरा गरेर बन्दसत्र अघि बढाइएको हो ।

आज बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिएको पार्टीले जनाएको छ । सोमबार बिहान ८ः३० बजे सुरु गर्ने भनिएको कार्यक्रम नामावली रुजु र कार्ड छपाइको काम नसकिएकाले स्थगित गरिएको थियो ।

पार्टी प्रवक्ता मनिष झा का अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रदेशअनुसार रुजु गर्ने र कार्ड छपाइ सकिएपछि मात्र बन्दसत्र अघि बढाइएको हो । उनले प्रक्रिया पारदर्शी बनाउन समय लागेको भए पनि अब कुनै समस्या नआउने बताएका छन् ।

उनका अनुसार सोमबार साँझदेखि नै कार्ड छपाइ सुरु गरिएको थियो र आज बिहानदेखि सातै प्रदेश तथा प्रवास क्षेत्रका प्रतिनिधिलाई कार्ड वितरण भइरहेको छ ।

महाधिवेशनका क्रममा अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । त्यसपछि विधान अनुमोदन र राजनीतिक प्रतिवेदनमाथि छलफल गरी महाधिवेशन औपचारिक रूपमा अघि बढ्नेछ ।

महाधिवेशनमा सभापति रवि लामिछाने ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र अन्त्यमा निर्वाचन प्रक्रियाबारे निर्णय हुने सम्भावित तालिका छ ।

आइतबार गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशन अहिले चितवनको उद्योग संघ प्रदर्शनी केन्द्रमा बन्दसत्रका रूपमा सञ्चालन भइरहेको छ ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij