Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रतिपक्षविहीन प्रदेशसभा कांग्रेसलाई स्वीकार्य छैन : विश्वप्रकाश शर्मा


सारांश

प्रतिपक्षविहीन प्रदेशसभा कांग्रेसलाई स्वीकार्य छैन : विश्वप्रकाश शर्मा
images

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्न नहुने भन्दै सत्ताका लागि सबै दल एउटै सरकारमा जानु उपयुक्त नहुने बताएका छन्।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारका विषयमा दलहरूबीच संवाद जारी रहेको जानकारी दिँदै कांग्रेस आवश्यक परे प्रतिपक्षमा बस्न तयार रहेको स्पष्ट पारे।

उनले संविधानको मूल मर्म जोगाउन प्रतिपक्षको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नागरिकको जनादेशविपरीत सबै दल सरकारमा सहभागी हुने अभ्यास स्वीकार्य नहुने बताए।

यसैबीच शर्माले साउन ६ गते जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइने जानकारी दिए। उनका अनुसार काठमाडौंमा ‘जलवायु जनचेतना जोगाउन जुटौँ’ भन्ने नारासहित विशेष कार्यक्रम आयोजना गरिनेछ भने साउन ७ गते पनि सम्बन्धित कार्यक्रम सञ्चालन हुनेछ।

शर्माले बीपी कोइरालाले प्रधानमन्त्री हुँदा जंगलको राष्ट्रियकरणको ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै वन संरक्षण र जलवायु सचेतनासँग उनको योगदानलाई जोडेर स्मृति दिवस मनाउन लागिएको बताए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij