बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘मानव सहायता कल्याण कोष’ घोषणा, १० लाख रुपैयाँबाट सुरुआत
सारांश
काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ।
कोषको घोषणा गर्दै कांग्रेस सभापति गगन थापाले घरबारविहीन बनाइएका एकल महिला र बालबालिकालाई आर्थिक तथा मानवीय सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरिएको बताए।
उनका अनुसार पार्टीका सदस्यहरूबाट संकलित प्रारम्भिक १० लाख रुपैयाँ कोषमा जम्मा गरिएको छ भने आगामी दिनमा यसलाई थप विस्तार गर्दै लगिनेछ।
सभापति थापाले कोषको कार्यविधि, सञ्चालन प्रक्रिया तथा पार्टीका समसामयिक राजनीतिक अभियानबारे विस्तृत जानकारी बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा सार्वजनिक गरिने जानकारी दिए।
कांग्रेसले बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी हाल सञ्चालनमा रहेको ‘जरा अभियान’को समापन गर्ने तथा नयाँ राजनीतिक तथा सामाजिक अभियानको समेत घोषणा गर्ने जनाएको छ।