Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दुई दिने बिदा हट्दैन : सरकार प्रवक्ता


सारांश

दुई दिने बिदा हट्दैन : सरकार प्रवक्ता
images

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदाको व्यवस्था यथावत् रहने स्पष्ट पारेका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई दिने बिदा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै यस निर्णयमा पुनर्विचार नहुने बताए।

‘शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिनका लागि दिइएको बिदाको पूर्ण उपयोग गर्नुहोस्। यस निर्णयमा कुनै पुनर्विचार हुँदैन,’ मन्त्री पोखरेलले भने।

उनले डा. गोविन्द केसीले अघि बढाइरहेको अभियानप्रति आफू विगतदेखि नै सकारात्मक रहेको उल्लेख गर्दै केसीसँग अनौपचारिक संवाद जारी रहेको जानकारी दिए।

शैक्षिक परामर्श व्यवसायीका लागि ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ मार्फत तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था पनि यथावत् रहने उनले स्पष्ट पारे। उक्त व्यवस्था व्यवसायीकै सुझावका आधारमा ल्याइएको भन्दै त्यसबाट सरकार पछि नहट्ने उनको भनाइ थियो।

तीन प्रतिशत समता शिक्षा शुल्कमा सरकार पछि हटेजस्तै धरौटी व्यवस्थामा पनि पुनर्विचार हुन्छ कि भन्ने प्रश्नमा मन्त्री पोखरेलले त्यसको सम्भावना नरहेको बताए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij