Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रदेश सरकारमा सत्ता साझेदारी: ओली–प्रचण्डले गरे लिखित सहमति


सारांश

प्रदेश सरकारमा सत्ता साझेदारी: ओली–प्रचण्डले गरे लिखित सहमति
images

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका विवाद, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्यालाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रदेश विकासलाई गति दिने उद्देश्यले दुई दल सहमतिमा पुगेको उल्लेख गरिएको छ।

सहमतिअनुसार प्रदेशसभामा संयुक्त रूपमा सहकार्य गर्दै सरकार गठन गरिनेछ। नेतृत्व बाँडफाँटमा कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ।

यस्तै, मधेश र गण्डकी प्रदेश सरकारका विषयमा भने अन्य राजनीतिक दलसँग आवश्यक परामर्श गरेर थप निर्णय लिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij