Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अन्तिम समयमा किन स्थगित भयो गगन थापाको भारत भ्रमण ?


सारांश

अन्तिम समयमा किन स्थगित भयो गगन थापाको भारत भ्रमण ?
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको तय भएको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। शनिबार भारत जाने तयारी गरेका उनी आइतबार प्रस्थान गर्ने कार्यक्रम रहे पनि उक्त भ्रमण पनि रद्द भएको हो।

भारतको नयाँदिल्लीमा आयोजित नेपाली कांग्रेसको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापालाई निमन्त्रणा गरिएको थियो। कार्यक्रमका लागि आवश्यक तयारी पूरा भइसकेको भए पनि उनले अन्तिम समयमा भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन्।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमण तत्कालका लागि स्थगित भएको पुष्टि गरे। उनका अनुसार भ्रमण आन्तरिक तथा प्राविधिक कारणले रोकिएको हो। यद्यपि, उनले त्यसबारे थप विवरण खुलाउन चाहेनन्।

चालिसेले भ्रमणका लागि नयाँ मिति पनि हालसम्म तय नभएको जानकारी दिए। भारत भ्रमण किन स्थगित गरियो भन्ने विषयमा कांग्रेसले औपचारिक रूपमा कुनै विस्तृत कारण सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij