Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

जनकपुरमा सहमति: हिन्दू राष्ट्रको मागमा सरकारलाई तीन महिनाको समय


सारांश

जनकपुरमा सहमति:  हिन्दू राष्ट्रको मागमा सरकारलाई तीन महिनाको समय
images

काठमाडौं । जनकपुरमा सरकार र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच भएको वार्ता सहमतिमा टुंगिएको छ।

शनिबार दुई चरणमा भएको वार्तापछि दुवै पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए।

वार्ताका क्रममा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र पुनःस्थापनासहित १३ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको थियो। ती मागहरूमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको जनाइएको छ।

सुनसरी घटनापछि मधेश प्रदेशमा देखिएको तनावलाई शान्त पार्दै आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम गर्ने उद्देश्यले गृहमन्त्री सुधन गुरुङ, मधेश प्रदेश सरकार, स्थानीय तहका प्रतिनिधि तथा आन्दोलनरत पक्षबीच छलफल भएको हो।

पहिलो चरणको वार्तामा आन्दोलनरत पक्षले आफ्ना मागहरू औपचारिक रूपमा पेश गरेको थियो भने दोस्रो चरणमा सहमतिको टुंगो लागेको हो।

सहमतिअनुसार हिन्दू राष्ट्रसम्बन्धी मागमा थप अध्ययन र छलफल गर्न सरकारलाई तीन महिनाको समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij