Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेसको इतर समूहले राष्ट्रिय भेला नरोक्ने, देउवा पनि सहभागी हुने


सारांश

कांग्रेसको इतर समूहले राष्ट्रिय भेला नरोक्ने, देउवा पनि सहभागी हुने
images
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्न अनुमति दिएपछि तत्काल पार्टी विभाजन हुने सम्भावना कमजोर बनेको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको इजलासले विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि सुनुवाइ गर्न आदेश दिएको हो। यससँगै विवादको अन्तिम टुंगो नलाग्दासम्म अर्को राजनीतिक निर्णयमा नपुग्ने संकेत संस्थापन इतर समूहका नेताहरूले दिएका छन्।

यसअघि २९ साउनमा हुने राष्ट्रिय भेलाबाट नयाँ कार्यसमिति घोषणा हुन सक्ने चर्चा भए पनि अब भेला मात्र हुने र कुनै निर्णायक निर्णय नलिइने नेता डा. प्रकाशशरण महतले बताएका छन्। उनले पुनरावलोकनको आदेशले पूर्वसभापति शेरबहादुर देउवाको आधिकारिकताको दाबी बलियो बनेको दाबी पनि गरेका छन्।

हङकङमा रहेका देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। इतर समूहले उनलाई राष्ट्रिय भेलामा सहभागी हुन निमन्त्रणा दिने तयारी गरेको छ।

उता उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरूराज घिमिरेले अदालतको कानुनी प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै विशेष महाधिवेशनको वैधानिकता अदालतमा पुनः पुष्टि हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले कानुनी प्रक्रिया चलिरहे पनि संगठन सुदृढीकरण र पार्टी रूपान्तरणको अभियान नरोकिने बताएका छन्।

सर्वोच्चको आदेशअनुसार मुद्दाको अन्तिम फैसला नआउँदासम्म सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको वर्तमान केन्द्रीय कार्यसमितिले नै आधिकारिक मान्यता कायम राख्नेछ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij