Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रधानमन्त्री बालेन शाहको सन्देश : ‘ढिला होला, तर गलत हुँदैन’


सारांश

प्रधानमन्त्री बालेन शाहको सन्देश : ‘ढिला होला, तर गलत हुँदैन’
images

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले परिस्थितिले केही समय लिन सक्ने भन्दै धैर्य गर्न आग्रह गरेका छन्। उनले सही समय आउन केही ढिलाइ भए पनि परिणाम गलत नहुने बताएका छन्।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले अहिले देखिएको वा सुनिएको अवस्थाभन्दा वास्तविकता फरक हुन सक्ने संकेत गरेका छन्। उनले नागरिकलाई नआत्तिन आग्रह गर्दै कठिन परिस्थितिमा कहिलेकाहीँ एक्लै अघि बढ्नुपर्ने बताएका छन्।

‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ शाहले भनेका छन्।

उनले परिस्थितिको वास्तविकता सधैँ बाहिरबाट देखिएजस्तो नहुने उल्लेख गर्दै आफूले यसअघि पनि यस्ता चुनौती सामना गरिसकेको संकेत गरेका छन्।

‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij