सारांश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ। तर, केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका अधिवेशनका लागि निर्वाचन कार्यतालिका भने हेरफेर गरेको छ।
नयाँ कार्यतालिकाअनुसार २०८३ भदौ २४ गते देशभरका ६ हजार ७ सय ४३ वडामा वडा अधिवेशन हुनेछ। सोही क्रममा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
त्यस्तै, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
यसअघि नै तय भएको केन्द्रीय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय यथावत् राखिएको छ।