सारांश
काठमाडौँ। काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे पूर्वाधार विकास मन्त्रालयमा भएको एक छलफल विवादित भएको छ ।
बैठकमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी छलफल चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र उपत्यकाका मेयरहरूबिच भनाभन नै भयो । बैठकमा नौ जना नगरप्रमुखहरू उपस्थित थिए, जहाँ सुरूमा मेयरहरूले पालैपालो आफ्ना भनाइ राखिरहेका थिए ।