Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राष्ट्रपति पौडेलकी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित


सारांश

राष्ट्रपति पौडेलकी  कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित
images

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी एवं कांग्रेस नेतृ संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन असफल भएकी छन्।

कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएकी संज्ञाले २८९ मत प्राप्त गरिन्। चार पदका लागि ११ जना प्रतिस्पर्धामा थिए।

यस क्षेत्रबाट रेनुका गुरुङ, निसा मल्ल ठकुरी, डाल्डादेवी भुजेल र कोपिला रानाभाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

यसअघि शेरबहादुर देउवा सभापति रहेका बेला संज्ञाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij