Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेस महाधिवेशन : ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने


सारांश

कांग्रेस महाधिवेशन : ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्।

पार्टी प्रवक्ता देवराज चालिसेले सानेपामा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

देश शोकमा रहेकाले महाधिवेशनलाई तामझामरहित र मितव्ययी रूपमा सम्पन्न गर्ने निर्णय गरिएको उनले बताए। महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खानाको व्यवस्था गरिए पनि बसोबासको व्यवस्था भने आफैँ गर्नुपर्नेछ।

प्रतिनिधि छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको प्रवक्ता चालिसेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij