Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

जनमतको महाधिवेशन आजदेखि, अध्यक्षमा सीके राउत निर्विरोध


सारांश

जनमतको महाधिवेशन आजदेखि, अध्यक्षमा सीके राउत निर्विरोध
images

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा सुरु हुँदैछ। वर्षाका कारण असोज ९ गतेका लागि तय भएको महाधिवेशन सारिएको थियो।

महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समिति चयन हुँदैछ। विभिन्न पदमा १ सय ३ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ।

सात उपाध्यक्षमा १४, महासचिवमा ३, उपमहासचिवमा २, सात सचिवमा १० र कार्यकारिणी सदस्यमा ७३ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षसहित सबै पदमा निर्वाचन हुनेछ भने कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ।

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij