सारांश
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन कार्यक्रम भएपछि व्यंग्यात्मक टिप्पणी गरेका छन्।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत खुलामञ्चबारे धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’
कांग्रेसले आइतबार खुलामञ्चमा आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोह आयोजना गरेको थियो।
लामो समयदेखि बन्द रहेको खुलामञ्चमा पछिल्लो समय राजनीतिक तथा अन्य सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको थियो। काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख रहेका बेला शाहले खुलामञ्चको स्तरोन्नति गर्ने भन्दै त्यसलाई बन्द गराएका थिए।