सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र निरन्तर असन्तुष्टि र गुनासो गर्नेहरूलाई सधैँ फकाइरहनुभन्दा छुट्टिन दिनु उपयुक्त हुने बताएका छन्।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको आन्तरिक विवादतर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन्।
उनले पार्टीभित्र निरन्तर कचकच र गनगन गर्नेहरूलाई फकाउँदा नेतृत्वको शक्ति नै खर्च हुने भन्दै कहिलेकाहीँ उनीहरूलाई छोडिदिनु राम्रो हुने बताए। यो भनाइमार्फत आफूले कांग्रेस सभापति गगन थापालाई दोस्रोपटक गुण लगाएको उनको भनाइ थियो।
लामिछानेले कांग्रेसलाई लोकतन्त्र कमजोर पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरे। व्यक्ति जोगाउन वा कसैलाई फसाउन लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने काम गर्न नहुने उनले बताए।