Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेस महाधिवेशन : कांग्रेस महाधिवेशन सभापतिमा गगनसहित तीन उमेदवार, विश्वप्रकाश र पुष्पा निर्विरोध


सारांश

कांग्रेस महाधिवेशन : कांग्रेस महाधिवेशन सभापतिमा गगनसहित तीन उमेदवार, विश्वप्रकाश र पुष्पा निर्विरोध
images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिका अनुसार सभापतिमा किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। उक्त पदमा शर्माबाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्। महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छन्।

खुला उपसभापतिका दुई पदका लागि डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारी गरी नौ जनाको उम्मेदवारी परेको छ।

समावेशी उपसभापतिको एक पदका लागि विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन्।

महामन्त्रीतर्फ महिला एक पदमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी परेको छ। खुला दुई महामन्त्री पदका लागि शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर राणा र सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।

यस्तै, विभिन्न समावेशी समूहका सहमहामन्त्री पदमा पनि उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ। खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु, अल्पसंख्यक/अपांगता, मुस्लिम, खुला, पिछडिएको क्षेत्र तथा महिला सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।

अब कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij