Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान


सारांश

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
images

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार मतदान हुँदैछ। 

यसपटक कांग्रेसको नयाँ नेतृत्व चयनमा ७ हजार २५५ महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्रतिनिधिहरूको सहजताका लागि काठमाडौँका तीन स्थानमा सातवटा मतदान केन्द्र निर्धारण गरिएको छ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि तथा भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित प्रतिनिधिले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij