Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्: गगन थापा


सारांश

मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्: गगन थापा
images

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो नाम जोडेर प्रचार भइरहेका उम्मेदवारहरूको सूचीप्रति आपत्ति जनाउँदै त्यसलाई आफ्नो आधिकारिक समर्थन नबुझ्न आग्रह गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनमा आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेको बताएका हुन्।

उनले पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पार्दै आफूले कुनै सूचीलाई आधिकारिक समर्थन वा सिफारिस नगरेको जनाएका छन्।

‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु,’ थापाले भनेका छन्।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई अफवाह र भ्रममा नपरी आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आग्रह गरेका छन्।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij