Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

पहिलो विदेश भ्रमणमा नयाँ दिल्ली उडे गृहमन्त्री गुरुङ


सारांश

पहिलो विदेश भ्रमणमा नयाँ दिल्ली उडे गृहमन्त्री गुरुङ
images

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्। उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेका हुन्।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भारतमा आयोजना हुन लागेको उक्त बैठकमा बिमस्टेकका सातवटै सदस्य राष्ट्रका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरूको सहभागिता रहनेछ।

मंगलबार नयाँ दिल्लीमा हुने बैठकलाई बिमस्टेकअन्तर्गत सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

बिमस्टेकको सुरक्षा क्षेत्रसम्बन्धी उच्चस्तरीय संयन्त्रको अवधारणा सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनबाट अघि बढाइएको थियो। सोही संयन्त्रअन्तर्गत पहिलोपटक भारतमा गृहमन्त्रीस्तरीय बैठक आयोजना हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij