Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

देउवा र दाहाल प्रतिगमनकारी : ओली


सारांश

देउवा र दाहाल प्रतिगमनकारी :  ओली
images

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिधिनिसभा विघटनको प्रतिरक्षा गरेका छन् । कालिकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सकिन लागेको माओवादीलाई साथ लिएर हिँडे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावको विषयमा गरेको प्रतिबद्धताअनुसार अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालको आलोचना गर्दै अध्यक्ष ओलीले दुवै प्रतिगमनकारी भएको बताए । 'प्रतिनिधिसभा सधैँ बाँच्ने होइन । अहिले प्रतिनिधिसभा छ र ? यो समय समयमा चुनाव हुने हो‚' ओलीले भने, 'आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बास बस्न प्रचण्ड गएका छन् ।'

 

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij