Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

किन मनाईन्छ होली? यस्तो छ किम्बदन्ती


सारांश

किन मनाईन्छ होली? यस्तो छ किम्बदन्ती
images

फागु पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । 

किंवदन्तीअनुसार त्रेता युगमा दैत्यराज हिरण्य कश्यपुले आफ्नो विष्णुभक्त पुत्र प्रल्हादलाई मार्ने नियत बनाउँछन् । किनभने प्रल्हाद विष्णुका भक्त थिए । उनी विष्णुकै नाम जपिरहन्थे । त्यसैले छोराबाट अत्यत्नै क्रोधित कश्यपुले छोरालाई यातना दिन थाले र मार्ने षड्यन्त्र रच्न थाले ।

त्यसका लागि ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाए । तर, प्रचण्ड अग्निज्वालाले होलिकालाई जलायो, प्रल्हादलाई भने केही भएन । त्यसैले सत्यको सधैं जीत हुन्छ भनेर होली मनाउने गरिन्छ । दुष्कर्मको फल होलिकालाई मिलेका सत्यको सम्मानस्वरुप रङहरु खेलेर होली मनाउने गरिन्छ ।

अर्कातिर शास्त्रीय मान्यताअनुसार द्वापरयुगमा मथुराको कारागारमा जन्मेका शिशु कृष्णलाई गोकुल पुर्‍याइएको थियो । तर, मामा कंशले कृष्णलाई मार्न पुतना नाम गरेकी रक्षसनीलाई गोकुल पठायो । पुतनाले आफ्नो स्तनमा विष मिसाएर कृष्णलाई पिलाउन थाली । तर, शक्तिशाली कृष्णले पुतनाको प्राण नै चुसिदिए ।

अनि गोकुलवासीले खुशीयाली मनाउँदै अबिरजात्रा गरे । रङैरङले गोकुल रंगियो । त्यहीबाट पनि होली मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij