Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ग्यास बिक्रीमा निगमको कडा निर्देशन- भ्याट बिल अनिवार्य


सारांश

ग्यास बिक्रीमा निगमको कडा निर्देशन- भ्याट बिल अनिवार्य
images

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्न सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले पत्राचार गर्दै ग्यास बिक्रीपछि अनिवार्य रूपमा बिलबिजक उपलब्ध गराउने व्यवस्था मिलाउन उद्योगहरूलाई आग्रह गरेको हो।

निगमका अनुसार ग्यास उद्योगले नियुक्त गरेका कतिपय विक्रेताले ग्यास बिक्री गरे पनि बिलबिजक जारी नगर्ने गरेको गुनासो प्राप्त भएको छ। यही समस्या समाधान गर्न निगमले विक्रेतामार्फत हुने ग्यास बिक्रीमा समेत भ्याट बिल अनिवार्य गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

निगमका निर्देशक इन्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा सबै ग्यास उद्योगलाई बिक्रीका क्रममा अनिवार्य रूपमा बिलबिजक जारी गर्ने व्यवस्था मिलाउन पुनः अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij