सारांश
काठमाडौं । यस वर्ष दसैं–तिहारका लागि नयाँ नोट साट्न विगतमा जस्तो निश्चित मिति कुर्नुपर्ने भएको छैन।
नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार सर्वसाधारणलाई निरन्तर नयाँ नोट सटहीको सुविधा दिने भएका छन्।
सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार नयाँ नोटको पर्याप्त मौज्दात रहेकाले सटहीमा समस्या छैन। एकपटकमा एक–दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइनेछ।
राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको छ।
यसअघि दसैंअघि राष्ट्र बैंकले निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्दै आएको थियो।