Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अब गभर्नरको कार्यकाल ३ वर्ष मात्रै


सारांश

अब गभर्नरको कार्यकाल ३ वर्ष मात्रै
images

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने सहमति भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्षमा सीमित गर्ने सहमति भएको हो ।

समिति सभापति कृष्णहरि बुढाथोकीका अनुसार राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको हालको पाँच वर्षे कार्यकाललाई तीन वर्षमा सीमित गर्ने सहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij