Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

हर्कसँग मिल्नेबारे कुलमान- सम्भावना छैन


सारांश

हर्कसँग मिल्नेबारे कुलमान- सम्भावना छैन
images

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तत्काल कुनै पनि राजनीतिक दलसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै दलसँग एकताका लागि संवाद वा भेटघाट नभएको स्पष्ट पारे ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग एकताको चर्चाबारे सोधिएको प्रश्नमा घिसिङले कुनै संवाद नभएको बताए ।

विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको १२ दिनको एकताले ठूलो क्षति पुगेको स्मरण गर्दै उनले पार्टी एकता हचुवाका भरमा नहुने बताए । एकताका लागि धेरै विषय मिल्नुपर्ने उल्लेख गर्दै उनले भविष्यमा अन्य साना दलसँग पनि सम्भावना हुन सक्ने, तर अहिले कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij