सारांश
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बूढानीलकण्ठस्थित निवासमा चार घण्टा लामो छलफल गरेका छन् ।
बुधबार बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको भेटमा संवेदनशील विषय, राजनीतिक नियुक्ति, अध्यादेश र प्रहरी प्रमुखसँग सम्बन्धित विषयमा छलफल भएको स्रोतको दाबी छ ।
भेटमा लामिछानेको भारत भ्रमणबारे पनि कुराकानी भएको बुझिएको छ । दुई नेताबीच केही महत्वपूर्ण नियुक्तिमा सहमति जुट्न बाँकी रहेको स्रोतले जनाएको छ ।
करिब दुई महिनापछि भएको भेटबारे दुवै पक्षले औपचारिक जानकारी दिएका छैनन् ।