सारांश
काठमाडौ । प्यूठान जिल्ला क्षेत्र नं. १ ख प्रदेश सभामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काङग्रेसका युवा नेता रोज राणा बिजयी भएका छन् ।
एमालेका उम्मेदवार पूर्वमन्त्री हरि प्रसाद रिजाललाई १७१२ मतान्तरले पछि पार्दै क्षेत्रीय सभापति समेत रहेका राणा प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
राणाले २२५९८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दि रिजालले २०८०७ मत मात्र प्राप्त गरे । उक्त क्षेत्रमा काङग्रेसको यो ३१ बर्ष पछिको बिजय हो ।
राणा नेपाली चलचित्रका नायक एवम् ख्यातिप्राप्त निर्माता हुन् ।