सारांश
काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनको नजिता आउने क्रम जारी छ।
निर्वाचन आयोगका अनुसार बिहानसम्म सार्वजनिक अन्तिम मतपरिणामअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ भने एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म प्रत्यक्षतर्फ कांग्रेसले ४९ र एमालेले ३८ सिट जितेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। बिहानसम्म एमालेले सबैभन्दा बढी १७ लाख ७३ हजार ९ सय ८२ समानुपातिक मत पाएको छ। यसपछि कांग्रेसले १७ लाख ११ हजार ५ सय ८१ मत ल्याएको छ।
यस्तै प्रत्यक्षतर्फ १६ सिट जितेर तेस्रो भएको नेकपा माओवादी केन्द्र समानुपातिकमा चौथो स्थानमा छ। यस्तै प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ ३ प्रतिशत मत पुर्याउन सकेको छैन।