Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

म समुदायसँग अलि नजिक छु : दयाहाङ राई


सारांश

म समुदायसँग अलि नजिक छु : दयाहाङ राई
images

काठमाडौं । दयाहाङ राई  : अहिलेका सबैभन्दा व्यस्त कलाकार। दयाहाङ राईसँगको  कुराकानी-

 

–दयाहाङलाई सास फेर्ने फुर्सद छैन भनिन्छ नि ?

 ‘दिमाग खराब’ को सुटिङ चलिहरको छ भने ‘नीरफूल’  प्रदर्शनमा आएको छ । सुटिङबाट मिलेको फुर्सदको समय प्रचार प्रसारको दौडधुपमा छु । मेरो काम नै अभिनय हो । त्यसैले व्यस्त त हुनै पर्यो नि । 

–अभिनयको व्यस्तताले फिल्मको प्रचारमा समय दिन नभ्याएको हो?

यो कुरो सत्य हो । हाम्रो काम मैदानमा हुन्छ । सुटिङलाई नै हामीले महत्त्व दिनुपर्छ । प्रमोसन पनि महत्त्वपूर्ण कुरा हो । त्यसैले मिलेसम्म समय दिएको छु । 

–तपाईंमाथि आफ्नो समुदायबाहेकका चलचित्रलाई महत्त्व नदिएको आरोप लाग्छ त ?

यो झुट हो । म राई भएकाले मेरो अनुहार लिम्बु, मगर समुदायसँग मिल्छ । त्यही अनुसार कथा लेखिन्छ । राई समुदायसँग म अलि नजिक छु । त्यो मेरो जन्म, विश्वास, मूल्यमान्यता, म जहाँ हुर्कें, बढेँ त्यो सजिलो छ ।

–दयाहाङको पात्र र चरित्र फेरिन्छ, अभिनय पुरानै छन् नि ?

फ्याक्ट कुरो के हो भने हाम्रो आवरण मात्र हेरिन्छ । ऊभित्र मनमा के चलिरहेको छ, कस्तो इमोसनमा छ, त्यो हेरिन्न । त्यो जज गर्नुपर्छ । कतिपय ठाउँमा मैले नसकेर पनि अभिनय दोहोरिएका होलान् ।

–चलचित्र नचल्नुको दोष कसको हो?

त्यो दोष पूरै टिमको हो । कतिपय सफलतालाई व्यवसायसँग जोड्छन् । म सफल को हो महत्त्वपूर्ण हुन्छ भन्ने म मान्दिनँ । मेरो विचारमा वर्षौंपछि हेर्दा पनि आनन्द दिन्छ भने त्यो सफल चलचित्र हो ।

–अभिनय गर्न मन भएको तर गर्न नपाएको चरित्र छ कि ?

अहिले अफर आएका चरित्र बुझ्ने काम गरिरहेको छु । चरित्र भन्नाले त्यो समाज पनि आउँछ । त्यो बुझ्ने प्रयास गर्दैछु ।

–दर्शकलाई केही भन्नु छ कि ?

 तपाईँ चलचित्र हेर्नुस्, निराश पर्ने छैन ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij