Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

माओवादीले जनयुद्धको नाममा बबन्डर गरेका छन् : प्रा. डा. सुरेन्द्र केसी


सारांश

माओवादीले जनयुद्धको नाममा बबन्डर गरेका छन् : प्रा. डा. सुरेन्द्र केसी
images

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई पछिल्लो समयमा हिंसात्मक राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गरेर सशक्त कम्युनिस्ट शक्तिको रूपमा आफूलाई स्थापित गर्न खोजिराखेको माओवादी केन्द्र अहिले कहाँ छ र अब कसरी अगाडि बढ्नु आवश्यक छ ? यी र यस्तै विषयमा आधारित भएर राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीसँग गरेको कुराकानी :

- माओवादी केन्द्रीय समिति बैठकले के देखाएको छ ? 

सबै भन्दा मुख्य कुरा भनेको नैतिकता र इमान्दारिता हो। त्यसलाई माओवादीले कसरी लिन्छ। यो व्यवस्थाको सीमालाई सबैले मान्नुपर्छ। माओवादीको सत्तामुखी चालले जनता निराश भएका छन्। 

- प्रचण्डले सुध्रिनु पर्यो नत्र सकिने ठाउँमा पुगिसक्यौँ भनेको कारण के होला ?
सुध्रिने बिग्रिने कुरा आफूमा भर पर्ला। तर जसरी उनीहरू सत्तामुखी भएर वा प्रचण्डको कुरामा व्यक्तिवाद सौखिनता, घृणास्पद परिवारवाद र सिद्धान्त विरोधी अपसंस्कृति देखिएको छ। उनका वरीपरिका मान्छेहरू सुनदेखि भ्रष्टाचारमा गनाएका छन्। उनीहरू जेको लागि जनयुद्ध लडेर आएका छन् त्यसमा एकरूपता नै देखिँदैन। जनतासँग जोडिने जनताको साथमा उभिनु नै पहिचानको कुरा हो। राष्ट्रका कुरा भन्ने नै अहिलेको समाजवाद हो। जर्मनीको कुरा गरेर अहिले साम्यवाद आउँदैन। वर्तमानमा परिवर्तित हुनुपर्छ। अहिले पनि माओवादीका कमाण्डर पाँच करोडका गाडीमा हिँडेका छन्। काठमाडौंमा ठुलाठुला घर बनाएका छन्। सुनकाण्ड लगायतका भ्रष्टाचारमा जोडिएका छन्।

-सत्ता आफ्नो अनुकूल बनाउन सक्ने स्थितिमा माओवादी छैन त ?

माओवादीले आफूलाई नै घात पर्यो। सुशासन, वर्ग पहिचानका कुरा गर्याे तर सबैबाट पछि हट्यो। सबै यथार्थ रह्यो। उसले हामीले धर्म निरपेक्ष ल्यायौँ गणतन्त्र ल्यायौँ सघीयता ल्यायौँ भन्छ। त्यसको लागि त माओवादी लडेको होइन मेरो विचारमा। उनीहरू बामपन्थी पनि भएनन्। पद र प्रतिष्ठाको लागि जे पनि गर्ने भए, त्यो त जनमतले दिएको होइन।

 -क्रान्तिको रापलाई थेग्न सक्ने कार्यकर्ता माओवादीमा होलान् त ?

होलान् तर त्यसमा किन नातावाद आयो भनेर प्रश्न उठाउनु पर्ने हो। यो त कसैले पनि प्रश्न उठाएका छैनन्। त्यस कारण कार्यकर्ता काठमाडौंमा घर बनाएर गाडी चढेर हिँड्ने मात्र हो ? क्रान्तिकारी मान्छे थिए भने त हामीले यसैको लागि जनयुद्ध लडेको हो त अब के थवाङको राजधानी चन्द्रागिरि सरुवा भएको हो ? हाम्रो मुख्यालय भनेर प्रश्न गर्नु पर्ने ठाउँमा सत्ताका पछि दौडिएको छन्। कार्यकर्ता भएको भए हिजो त्यत्रो अङ्गभङ्ग भएर जनयुद्ध लडेको यही हो भनेर भन्थ्यो होला। सिद्धान्त उनीहरूले बेमान गरेका छन् जनयुद्धको नाममा बबन्डर गरेका छन्।

- माओवादीले कुनै नयाँ मानक बनाउन सक्यो कि सकेन भनेर समीक्षा गर्यो भने के होला ?

प्रतिवेदनको कुरामा उनीहरूले चुनाव घोषणा पत्र मुलत: केपी ओली प्रतिगामी हो। यसलाई नबढ्दासम्म नेपालको राजनीतिले निकास पाउँदैन भन्ने बिम्ब खडा गरेको देखिन्छ। केपी आलीलाई त्यही अनुसार यो हिन्दुवादी, राजावादी, संघीयता विरोधी हो भनेका छन्। त्यसपछि जब निर्वाचित भएर आए उसैको चरणमा गएर प्रधानमन्त्री भए दुई महिना। त्यहाँ कुरा नमिलेपछि कांग्रेससँग मिलेर अगाडि बढेका छन् यसलाई कस्तो मानक मान्ने त।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij