Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

जानी राखौँ : कुन रङ्गले के कुराको संकेत गर्छ ?


सारांश

जानी राखौँ : कुन रङ्गले के कुराको संकेत गर्छ ?
images

 रङ्गहरुको विशेषताबारे बुझौँ :

रातो रङ्ग

रातो रङ्गले मानिसको शरीरलाई स्वस्थ तथा मन हर्षित गर्छ । यसले शरीरको स्वास्थ्य सुधार तथा मन प्रसन्न राख्छ । यस्तै रातो रङ्गले आत्मगौरभ प्रकट पनि गर्छ । रातो टिका शौर्य एवं विजयको प्रतिक हो । प्रायः सबै देवी-देवताको प्रतिमामा रातो टिका लगाइन्छ । हिन्दू धर्ममा रातो रङ्गले तिनै देवी–देवतालाई सुसज्जित गरिन्छ । जसले परम मंगलकारी, धन, तेज, शौर्य तथा पराक्रमको प्रकट गर्दछ ।

हर्ष, खुशीको अवसरलाई रातो रङ्गले प्रकट गर्छ । विवाह, जन्म, विभिन्न उत्सवहरुलाई झल्काउनु पर्‍यो भने रातो रङ्गबाट नै प्रकट गरिन्छ । नारीको सिउँदोमा रातो सिन्दुरले उसको सौन्दर्य बढाइरहेका हुन्छ । यसका साथै अटल शौभाग्य तथा पति प्रेम पनि यसले प्रकट गरिरहेको हुन्छ । रातो रङ्गले धन, सम्पत्ति, समृद्धि तथा शुभ-लाभलाई दर्शाइरहेको हुन्छ ।

गेरु रङ्ग

यो रङ्ग त्याग, तपस्या तथा वैराग्यको हो । यो रङ्ग आध्यात्मिकताको प्रतिक हो । यो धार्मिक ज्ञान, तप, संयम तथा वैराग्यको रङ्ग हो । शुभ संकल्पको सूचकको रुपमा पनि यो रङ्गलाई लिइन्छ । यो रङ्ग धारण गर्नेहरु आफ्नो कर्तव्य तथा नैतिक उन्नति प्रति सँधै दृढ हुन्छन् ।

हरियो रङ्ग

हरियो रङ्ग समस्त प्रकृतिमा व्याप्त छ । यो बोटबिरुवा, कृषिलगायत सबै क्षेत्रलाई सुन्दर बनाउन मधुर रंग हो । यसले मनलाई शान्ति तथा हृदयलाई शीतलता प्रदान गर्दछ । मानिसलाई सुख, शान्ति, स्फूर्ति दिने रङ्गको रुपमा हरियो रङ्गलाई लिइन्छ । ऋषिमुनीहरुले पनि आफ्नो आध्यात्मिक उन्नति हरियो पहाड, जंगललगायतका शान्त वातावरणबाट नै गरेका थिए । संसारकै महान ग्रन्थ, मौलिक विचार, प्राचीन शास्त्र, वेद-पुराण आदि उत्तम ग्रन्थ हरियो शान्त वातावरणमा नै लेखिएको थियो ।

पहेलो रङ्ग

यो रङ्गलाई ज्ञान तथा विद्या, सुख–शान्ति, अध्ययन, विद्वता, योग्यता, एकाग्रता, मानसिक तथा बौद्धिक उन्नतिको प्रतिकको रुपमा लिइन्छ । पहेलो रङ्गले मस्तिष्कलाई प्रफुल्लित तथा उत्तेजित गर्दछ । भगवान विष्णुको वस्त्र पनि पहेलो नै छ । पहेलो वस्त्र उनको असिम ज्ञानको द्योतक पनि हो । यस्तै भगवान श्रीकृष्ण पनि पिताम्बरबाट सुसज्जित थिए । भगवान गणेशको धोती पहेलो र दोपट्टा निलो या हरियो राखिन्छ ।

निलो रङ्ग

सृष्टिकर्ताले विश्वमा निलो रङ्ग सर्वाधिक रुपमा प्रयोग गरेका छन् । हाम्रो शीरमाथि विस्तृत अनन्त निलवर्णको आकाश रहेको छ । यस्तै मुनी सृष्टिमा समुद्र पनि निलो रङ्गकै छ । मनोविज्ञानअनुसार निलो रङ्ग बल, पुरुषार्थ तथा वीर भावको प्रतिक हो । मर्यादा पुरुषोत्तम श्री राम तथा पुरुषोत्तम योगेश्वर श्रीकृष्ण भगवान दुवैले सम्पुर्ण मानवताको रक्षा एवं दानवताविरुद्ध युद्ध गरेर आजीवन व्यथित गरेका थिए । यी देवताको वर्ण पनि निलो नै रहेको थियो । भगवान शिवलाई निलकण्ठ भनिन्छ । सागर मन्थन गर्दा त्यहाँबाट विष निस्किएको र यही विष पृथ्वीमा फाल्दा सर्वनाश हुने खतराले भगवान शिवले त्यसलाई सेवन गरी कण्ठमा राखेको हुनाले उनलाई निलकण्ठ भनिएको धार्मिक शास्त्रमा उल्लेख छ ।

सेतो रङ्ग

सेतो रङ्ग सात रङ्गको मिश्रण हो । सेतो रङ्ग पवित्रता, शुद्धता, विद्या तथा शान्तिको प्रतिक हो । यसबाट मानसिक, बौद्धिक तथा नैतिक स्वच्छता प्रकट हुन्छ । विद्या ज्ञानको रङ्ग सेतो हो । ज्ञानले हामीलाई सांसारिक संकुचित भावनाबाट माथि उठाउँछ र पवित्रतातर्फ अगाडि धकेल्छ । सेतो रङ्गले चन्द्रमा जस्तै शितलता प्रदान गर्छ । त्यसैले मोती लगाउँदा मनमा शान्ति मिल्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij