Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यी हुन् क्वाँटी खाँदा हुने फाइदा


सारांश

यी हुन् क्वाँटी खाँदा हुने फाइदा
images

नेपाली समाज बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय रहेको छ र सबैका आ-आफ्नै मौलिक परम्परा र विशेषता रहेका छन् ।

 नेपालमा विभिन्न चाडपर्व मान्ने हो भने वर्षभरिमा कुनै पनि दिन खाली हुँदैन । यस्तो विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न चाडपर्व मान्ने क्रममा जनैपूणिर्माको दिन जनै धागो लगाउने र विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ ।

क्वाँटी खाने प्रचलन कहिलेदेखि सुरु भएको हो यकिनका साथ भन्न सकिंदैन तथापि यो विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटीको झोल खाने प्रचलन रहेको पाइन्छ । वास्तवमा नेवारी भाषामा ‘क्वाँ’ भनेको तातो र ‘टी’ भनेको सुप हो ।A_bowl_of_Kwati.jpg

क्वाँटीको महत्व र फाइदा यसप्रकार छन्-

- यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
-बालबालिकाको वृद्धि विकासमा सहयोग गर्नाको साथै कुपोषणबाट बचाउँछ।
-स्मरण शक्ति वृद्धि तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
-तत्काल आवश्यक ऊर्जा प्राप्त हुन्छ।
-मांसपेशीको मर्मत सम्भारमा सहयोग गर्छ।
-रक्तसञ्चार र स्नायु प्रणालीमा फाइदा पुग्छ।
-कब्जियत हटाउनुका साथै पाचन शक्तिमा सुधार गर्छ।
-मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ।
-उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।
-कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ।
-शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ।
-पौष्टिक तत्त्व पर्याप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ।
-क्वाँटीमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन सी, भिटामिन ‘ई’ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij