Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दै, चुनावका लागि काठमाडौं र तनहुँ रोजाइमा


सारांश

सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दै, चुनावका लागि काठमाडौं र तनहुँ रोजाइमा
images

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।

खनाल काठमाडौं या तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।

उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो । 

“३० वर्ष प्रहरीमा रहेर देशको सेवा गरेँ अब पार्टी प्रवेश गर्दैछु,” उनले भने, “पार्टीले दिने जिम्मेवारी पूरा गर्छु, म काठमाडौं ६ या तनहुँ मेरो रोजाइमा पर्छ तर पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु ।”

Sarbendra-Khanal-1.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij