सारांश
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले प्रतिनिधिसभा बैठकमा ‘जात्रा’ चलिरहेको बताएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्तामा रहेका मन्त्रीहरूले नै वर्तमान व्यवस्था र संविधानमाथि विषवमन गरिरहेको बताइन् । राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि ‘डेलिभरी’मा खरो उत्रिन नसक्दा व्यवस्थामाथि विषवमन गर्ने ठाउँ भेटिएको उनको भनाइ छ ।
“संसद्मा जात्रा सुन्दै छौँ । आज व्यवस्था र संविधान अनि बलिदानीमाथि विषवमन भइरहेको छ । यो पुनरुत्थानवाद हो । यो किन भयो भने राजनीतिक दलले सही ढंगले काम गरेनन् । त्यसले जनमत स्वीन गराएको हो । हामी आत्तिनु पर्दैन । तर, काम गरेर परिवर्तन दिनुपर्यो,” उनले भनिन् ।