सारांश
काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन टिकाइराख्ने संकल्प गरेको छ ।
‘जनतामा बढ्न थालेको निराशा लगायतका विषयलाई सम्बोधन गरेर सही राजनीति दिनको लागि यो गठबन्धन र सरकारलाई टिकाएर लानुपर्छ । चुनौती छन् तर टिकाएर लानुपर्छ भन्ने संकल्प गरेका छौं ।’ पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, “रास्वपाले सरकार छाडेको विषयको समीक्षा हुँदै जाला । केही प्रक्रियागत त्रुटिका कारणले समस्या उत्पन्न भएको देखिन्छ।”
,