Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ


सारांश

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ
images

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो ।

आज बस्ने बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ ।

यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै हस्ताक्षर संकलन गरेका थिए ।

कांग्रेसभित्र हस्ताक्षर संकलनको विषयमा विवाद छ भने गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको विवादमा परेका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij