सारांश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकटको मूल्य निर्धारण गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा लिग चरण र नकआउट चरणका लागि फरक–फरक टिकट दर तोकिएको हो।
क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ पर्नेछ। त्यस्तै, एलिमिनेटर तथा फाइनलजस्ता नकआउट चरणका खेलका लागि साधारण टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगिताका सबै खेलका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत अनलाइन खरिद गर्न सकिने क्यानले जनाएको छ। क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा टिकट बिक्रीसम्बन्धी जानकारी दिइएको हो।