Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

एन्फाबारे सीआईबीले अनुसन्धान गरिरहेको छ : मन्त्री पोखरेल


सारांश

एन्फाबारे सीआईबीले अनुसन्धान गरिरहेको छ :  मन्त्री पोखरेल
images

काठमाडौं । सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि भइरहेको छानबिनमा थप नयाँ तथ्यहरू भेटिएकाले अनुसन्धान जारी रहेको जनाएको छ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको जानकारी दिए।

उनका अनुसार दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि थप विषयहरू बाहिर आएका छन्। त्यसपछि सीआईबीले अनुसन्धानलाई थप सक्रिय बनाएको उनले बताए।

एन्फा निलम्बनका कारण नेपाली फुटबल गतिविधि प्रभावित भइरहेका बेला सरकारले घरेलु लिग सञ्चालनको तयारीसमेत गरिरहेको मन्त्री पोखरेलले बताए।

उनले नेपाली खेलकुदको विकासका लागि ग्रासरुट तहबाटै लगानी आवश्यक रहेको उल्लेख गर्दै पूर्वाधार अभावका कारण खेलाडीको क्षमता विकासमा समस्या भएको बताए।

सरकारले सातै प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गर्ने योजना अघि बढाएको पनि मन्त्री पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij