Oct 28 2026 | २०८३, कात्तिक १२गते
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
एसिसी प्रिमियर कप खेलेका अधिकांश खेलाडीले निरन्तरता पाएका छन् भने कुशल भुर्तेल र सोमपाल कामी टोलीमा छैनन्।
नेपालले ओमान र क्यानडासँग चार खेल खेल्नेछ। नेपालले लिग–२ मा ३२ खेलबाट २४ अंक जोड्दै सातौँ स्थानमा छ।
नेपाली टोली:सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९