सारांश
काठमाडौं । नेपाली कांग्रेसले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका निर्णयबारे छलफल गर्न पार्टीको बैठक बोलाएको छ ।
दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने भएको हो ।
बैठकमा सरकारका पछिल्ला निर्णय र गतिविधिबारे समीक्षा गर्दै सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।
त्यस्तै, पार्टीका आन्तरिक विषय, नेताहरूको कार्यविभाजन र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।