Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

रास्वपा महामन्त्री आचार्यको नेतृत्वमा टोली चीन जाँदै


सारांश

रास्वपा महामन्त्री आचार्यको नेतृत्वमा टोली चीन जाँदै
images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा हुन लागेको भ्रमणबारे शनिबार बसेको रास्वपा सचिवालय बैठकमा छलफल भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा मधेस प्रदेशसहित विभिन्न जिल्लामा देखिएका समस्या र मधेस अडिटसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij