Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अहिले हाम्रा मन्त्रीहरू फेरिँदैन : कांग्रेस


सारांश

अहिले हाम्रा मन्त्रीहरू फेरिँदैन : कांग्रेस
images

काठमाडौं । नेपाली कांग्रेसले अहिले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहेपनि आज बसेको शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘आजको बैठकमा मन्त्री फेरबदलको कुनै छलफल भएको छैन। जसपा र लोसपाको फेर्ने कुरा चलिरहेको छ। प्रधानमन्त्रीले कुरा गर्नु स्वभाविक हो। तर पार्टीभित्र मन्त्री फेरफेरबारे कुनै छलफल भएको छैन । कांग्रेसले अहिले पार्टीका मन्त्री हेरफेर गर्ने सम्भावना छैन ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij