Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार


सारांश

अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
images

जनकपुर । एक महिना पछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्री सुनिल कुमार यादवको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबार (भोली) सम्मका लागि स्थगित गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक सांसद रामअसिश यादवले प्रदेश सभामा पेश गरिएको २०८२-०८३ को बजेट वक्तव्यमा ४६१ पाना रहेको र पछि आफूहरुले पाएको रेड बुकमा २९४ पाना थप भई जम्मा ७५५ पानाको बजेट रहेको देखिएकोले २९४ पानामा करोडौंको योजनाहरु चोरी भई समेटिएको आरोप लगाए ।

उनले असन्तुलित बजेट आएको र बजेटमा पनि बिचोलिया हाबी भएको आरोप लगाए । सांसद यादवले अर्थमन्त्रीले राजिनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए ।

सो पछि सभामुख मण्डलले बैठक भोलीसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij