Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव


सारांश

शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव
images

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार शुभम ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्धी कानून नबनेको बताएका हुन् ।

उनले भने, ‘विद्धानहरु, शिक्षाविद्हरुले भनिरहनुभएको छ, राम्रो कानून आइरहेको छैन ।

जुन देशले शिक्षित नागरिक र स्वस्थ्य नागरिक उत्पादन गर्न सक्दैन । त्यो देश बन्न सक्दैन । कहावत छ, देशको एउटै कुराले कुन कुराले देश बनाउन सकिन्छ त्यो शिक्षा हो ।’

उनले शिक्षित र स्वस्थ नागरिक संसारकै शक्तिशाली जनशक्ति भएकाले देशकै ठूलो पूँजी रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij